म बेश्या रे?????
हेलो
आउनुस् जाउँ पाँच सय दिए पुग्छ
कसैले तेरो शरिरको मुल्य कति भनेर सोध्दा म पाँच सय भन्न सक्छु
म सङ्ग पाँच सय देखी पाँच हजार सम्मका
ग्राहक छन् ।
कोही एक बोतल बियर अनि
एक प्लेट सेकुवाका ग्राहक
कोही डिस्को फ्रिमा लग्ने ग्राहक म हरेक रात फरक-फरक मान्छे सङ्ग हुन्छ ।
धेरैले चिन्छन् मलाई ।
तर पनि म एक्लो छु ।
उ कति पवित्र छ
जो रातमा मसङ्ग सुतेर गयो उसलाई दिउँसो अफिसमा नमस्कार सर भन्छन्
जो रातमा मसङ्ग यौन तृष्णाको पुजा गरेर गयो उसलाई दिउँसो मन्दिरमा पुजारी बा भनेर पुज्छन्।
जो रातमा मसङ्ग शरिरको राजनिती गरेर गयो
उसलाई दिउँसो जनताले सलाम नेताजी भन्दै नमस्ते ठोक्छन् ।।
जो राती मसङ्ग भाउको मोलतोल गरेर गयो
उसलाई दिउँसो ग्राहक साउजी भन्छन् ।
तर मलाई बेष्या भनेर चिन्छन् ।
अनि म अपवित्र छु। म मेरो शरिर बेचेर छोराको कलम किन्छु ।
म मेरो रात बेचेर छोरीको उज्यालो भविष्य किन्छु
म मेरो सास बेचेर आमाको आयु किन्छु । म आफैं बेचिएर साँझको एक गाँस किन्छु ।
म पढेकी छैन । तर जीवन धेरै बुझेकी छु । आफ्नो सिन्दुरको रङ्ग उढेको वर्षों भैगो
जब बिहे भएको चार बर्षमा घरबाट निकालिए। दुनियाँ बाट गलत प्रयोग को सिकार भए म नहुँदो नहुँदो आरो लगाईयो म माथि अनि म दुनियाँ को नजरमा एक चरित्रहिन पात्र बने। रहरले हैन हजुर म यो पापी दुनियाँको गलत
प्रयोगको सिकार ले नचाहदा नचाहदै पनि विवस भए । तर पनि यो रङ्ग उढेको जीवनले
छोरा छोरीलाई जीवनको रङ्ग किन्न
म बेश्या बने ।।
म आफ्नो लागी मरेको त उहिले हो।
ए पुरूषहरू हल्ला नगरिदेउ
जुन दिन मेरा छोरा छोरीले सुन्नेछन् । म सबैको लागी मर्नेछु ।
सबैका लागी । सधैंका लागी।
तपाईंको एकछड को यौन चाहनाको लागि कोहि नारीको अस्मिता माथी नखेल्नुस्, जे गर्नुहुन्छ त्यहीँ पाउँनुहुन्छ। सक्नुहुन्छ आफ्नो GF लाई जीवनसाथी बनाउनुस् सक्नुहुन्न भने ताईमपास को नाउँमा गलत प्रयोग गरेर नछोड्नुस् ।
हामी यस्तो समाजमा बस्छौं जहाँ एउटा पुरुष पचास जना आईमाईको पछि लागेर हिड्छ
तर लेखक खगेन
चरित्रहिन तेहि नारी नैं हुन्छ । के ती पुरुष चरित्रहिन हैनन र जो यौन तृष्णाको लागि नारीको पछि लागेर हिड्छन ???

0 Comments